दफा ११
मूल ऐनको दफा १३ मा संशोधन
मूल ऐनको दफा १३को उपदफा (९) पछि देहायको उपदफा (१०) थपिएको छः–
“(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पब्लिक कम्पनीले कुनै प्राइभेट कम्पनीको पच्चीस प्रतिशत वा सो भन्दा बढी शेयर खरीद गरेमा दफा ७७, ७८, ७९, ८९, ९२, ९३, ९६, १०८, १०९, १११, १६४ को व्यवस्था त्यस्तो प्राइभेट कम्पनीको हकमा पनि आवश्यक हेरफेर सहित लागू हुनेछन्।”